आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हवाइसेवालाई विश्वासयोग्य बनाउन सरकारलाई खनालको ध्यानाकर्षण

आइतबार, ०१ माघ २०७९, १७ : २८
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता खनालले दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण  गरेका छन् । 

नेता खनालले नेपाली आकाशमा हुने गरेका हवाई दुर्घटनाले नेपाली आकाश र भूभागको यात्राप्रति विश्व समुदायमै नकारात्मक असर पर्न सक्ने सम्भावना र नागरिकको जीवन रक्षालाई महत्वपूर्ण ढंगबाट हेर्न आवश्यक रहेको बताएका छन् । ‘यस्ता दुर्घटनाका कारणहरु पहिल्याई हवाइ सेवालाई सुरक्षित र विश्वासयोग्य बनाउन म सरकारको गम्भीर रुपले ध्यानाकर्षण गराउँन चाहन्छु’, खनालले भनेका छन् । 

साथै उनले उद्दार कार्यलाई युद्दस्तरमा अघि वढाउन र मृतकको परिवारहरुलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध  गराउन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप