विमानले अवतरणको अनुमति लिइसकेकाे थियाे: पाेखरा विमानस्थल प्रमुख गाैतम
आइतबार, ०१ माघ २०७९, १८ : ५३
पाेखरा । यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानले अवतरणको अनुमति लिइसकेको पाेखरा विमानस्थल प्रमुख विक्रम गाैतम बताएका छन् । बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिइसकेकाे उनको भनाइ छ ।
“अवतरणकाे अनुमति लिइसकेकाे थियाे । प्राविधिक कारणले हुन सक्छ । जहाज ल्यान्ड हुन माेडिएकाे भिडियोमा देख्न सकिन्छ ,' उनले भने । विमानमा आकाशमै आगोको झिल्को देखिएको स्थानीय बताउँछन् ।
आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा ७२ मध्ये ६८ जनाको मृत्यु पुष्टि भइसकेको छ ।