आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिमण्ड विस्तार

प्रचण्ड सरकारमा प्रदेश १ र बागमतीको बर्चश्व, महिला सहभागिता २६ प्रतिशत

मङ्गलबार, ०३ माघ २०७९, १४ : ५३
मङ्गलबार, ०३ माघ २०७९

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एक उपप्रधानसहित १२ मन्त्री ३ राज्यमन्त्री नियुक्त भएकी छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा  सदस्यीय बनेको छ । सत्ता साझेदर दल जनता समाजवादी पार्टीले मन्त्रालय बाँडफाँटमा असहमति जनाएपछि दुई मन्त्री थप्न बाँकी छ । पुस ११ गते प्रधानमन्त्री र ३ उपप्रधानसहित ७ जना मन्त्रीले सपथ दिएका थिए ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा गृह र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान तथा उर्जा मन्त्री तथा जलस्रोत मन्त्री बनेका छन् ।

यस्तै एमालेबाट दामोदर भण्डारी, राजेन्द्र राई, ज्वाला साह, डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बनेका छन् । माओवादीबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्दा रास्वपाबाट डोलप्रसाद पौडल र शिशिर ढकालले मौका पाएका छन् । राप्रपाबाट विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान तथा जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनेका छन् ।


यस्तै माओवादीबाट सुशीला श्रीपाली, रास्वपाबाट डा.तोसिमा कार्की र राप्रपाबाट दीपक सिंह राज्यमन्त्री बनेका छन् । संविधान अनुसार प्रधानमन्त्रीसहित २५ मन्त्री नियुक्त गर्न पाउने व्यवस्था रहेको छ । दुई जना मन्त्री नियुक्त हुन बाँकी हुँदा नै विगतका भन्दा महिला सहभागिता बढेको छ ।  यद्यपि संविधानले व्यवस्था गरेको महिला सहभागिता भने केही अपुग देखिन्छ ।

संविधानले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेपनि वर्तमान सरकारमा २६ प्रतिशत पुगेको छ । एमालेबाट विमला राई (पौडेल), भगवती चौधरी, ज्वाला साह र माओवादीबाट रेखामा शर्मा मन्त्री बनेका छन् ।

यस्तै माओवादीबाट सुशीला श्रिपाली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की राज्यमन्त्री बनेका छन् । प्रदेश १ बाट उप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, विमला राई पौडेल, सुदन किराती, भगवती चौधरी, राजेन्द्र राई, अमनलाल मोदी मन्त्री बन्न सफल भएका छन् । यस्तै

मधेस प्रदेशबाट ज्याला साह, हरि उप्रेती र अब्दुल खान मन्त्री बन्दा बागमती प्रदेशबाट उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, सहरी विकामन्त्री विक्रम पाण्डे, श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खानल, स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की र उर्जा राज्यमन्त्री दीपक सिंह गरी ६ जना मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री पदम गिरी, पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली सरकारमा सहभागी भएका छन् । यस्तै लुम्बनी प्रदेशबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र कानुनमन्त्री ध्रुव प्रधान बनेका छन् । सुदूरपश्चिम प्रदेशबाट दामोदर पौडेल उद्योगमन्त्री बन्दा कर्णाली प्रदेशबाट भने केन्द्रीय सरकारमा प्रतिनिधि शुन्य छ ।

सत्ता गठबन्धनले एक जना दलितलाई मात्र मन्त्री बनाएको छ । माओवादी केन्द्रले श्रीपालीलाई राज्यमन्त्री बनाएर दलितको प्रतिनिधित्व गराएको छ । माओवादी केन्द्रको आधार इलाका मानिने कर्णाली माओवादी नेतृत्वको सरकारमा मन्त्री विहीन बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप