आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत

मङ्गलबार, ०३ माघ २०७९, १५ : ०१
मङ्गलबार, ०३ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवसँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री यादवले कांग्रेस संसदीय दलका नेता यादवलाई भेटेर विश्वासको मत दिन औपचारिक पत्र नै दिएका हुन् । जवाफमा कांग्रेस दलका नेता यादवले छलफल पश्चात आवश्यक निर्णय लिने बताएका छन् ।

नेपाली कांग्रेसको मधेस प्रदेशसभामा २२ सांसद छन् । कांग्रेसले विश्वासको मत दिएपछि सर्वसम्मतिको सरकार बनाउने मुख्यमन्त्री यादवले बताएका छन् । संघमा प्रतिपक्षमा बसेको लोसपाले भने मुख्यमन्त्री यादवलाई समर्थन गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले के गर्ने भन्ने निर्णय अझै गर्न नसकेको बुझिएको छ ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवले पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री यादवले भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप