आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ३२ अंकले बढ्यो, ३ अर्ब ७२ करोडको कारोबार

मङ्गलबार, ०३ माघ २०७९, १५ : १५
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । चार दिनपछि मंगलबार खुलेको सेयर बजारमा ३२ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ । 

आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ५.१२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको उपसूचक ५.०३ प्रतिशतले बढेको छ । 

यस्तै, फाइनान्स समूहको उपसूचक ३.६० प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.०७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६६ प्रतिशतले र अन्य समुहको उपसूचक २.८५ प्रतिशतले बढेको छ । 

आज बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२९ प्रतिशत) ले घट्न पुगेको छ ।

३२ अंकमाथिले नेप्से बढेको यस दिन कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ग्रीन भेन्चस् लि, आदर्श लघुवित्त वित्तीय संस्था लि र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप