आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङ्देन

मङ्गलबार, ०३ माघ २०७९, १६ : ०६
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताएका छन् । 

अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासात गरेर आफूहरुले मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो । आफूसहित पार्टीबाट बनेका नवनियुक्तमन्त्रीहरुसहित पशुपतिनाथ दर्शन गर्न पगेका उपप्रधानमन्त्री लिङ्देनले नेपाली जनताले कुनै एक पार्टी, विचार  वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनु परेको समेत स्पष्ट पारे ।  

उनले सत्तारुढ दलहरुले मुलुकको आवश्यक्ता अनुसार ठिक ढंगले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दावी समेत गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङ्देनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।   

उपप्रधानमन्त्री लिङदेनले आफूले रोजाई अनुसारकै मन्त्रालय पाएको समेत बताए । उनले शुभ कार्य गर्नु अघि देवीदेवताको दर्शन गर्ने चलन अनुसार नै आफूहरुले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथको दर्शन गरेको पनि उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप