समाधान भयो टेलिकमको अवरुद्ध सेवा
मङ्गलबार, ०३ माघ २०७९, १७ : ५९
काठमाडौं । नेपाल टेलिकमको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकले सूचना जारी गर्दै समाधान भएको बताएको छ।
टेलिकमले आफ्ना ग्रहकहरुसंग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो ।
नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो।