परराष्ट्रमन्त्री राईलाई भारतीय समकक्षीको बधाई
मङ्गलबार, ०३ माघ २०७९, २२ : ३२
काठमाडौँ । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आफ्ना समकक्षी तथा नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई बधाई तथा शुभकामना दिएका छन् । जयशंकरले सामाजिक सञ्जालमार्फत बधाई दिँदै आफू मिलेर काम गर्न इच्छुक रहेको पनि बताएका हुन् ।
राष्ट्रियसभा सदस्य डा. पौड्याल मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री नियुक्त भएकी हुन् । दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै पदभारसमेत ग्रहण गरेकी छन् ।
Congratulations Dr. Bimala Rai Paudyal on your appointment as the Foreign Minister of Nepal.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 17, 2023
Look forward to working with you. @bimalarp