आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सभामुख पदमा उम्मेदवारी दिएपछि घिमिरेले भने– निष्पक्ष र प्रभावकारी भूमिका निभाउँछु

बुधबार, ०४ माघ २०७९, १४ : १५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । सत्ता साझेदार दलहरुको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका एमाले सांसद देवराज घिमिरेले आफू निर्वाचित विगतमा सभामुखमाथि लाग्दै आएका आरोप प्रत्यारोपबाट भए सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । बुधबार सभामुखमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो विजय सुनिश्चित रहेको पनि बताए ।

उनले सभामुख कार्यकारीको छाँया भएको भन्ने आरोपहरु लाग्ने गरेपनि अब सभामुखको भूमिका निष्पक्ष र प्रभावकारी हुने बताए । ‘हिजोका शिक्षाहरुबाट व्यवस्थित गर्दै यथार्थका आधारमा अघि बढ्ने हो । आरोप प्रत्यारोपबाट टाढै रहन्छु’, उनले भने,  ‘प्रतिनिधिसभाबाट विजयी भएको अवस्थामा आफुले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन दिन्नँ ।’

घिमिरेको प्रस्तावकका रूपमा एमालेका सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव केहीबेरअघि दर्ता गराएका हुन् । त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप