आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

बुधबार, ०४ माघ २०७९, १६ : ३५
बुधबार, ०४ माघ २०७९

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन् । 

बुधबार दिउँसो सिंहदरवारस्थित उनकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गरेका हुन् । भेटका क्रममा आफूहरुको मुद्धाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङ्देनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताए ।

गैरआवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ । आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप