आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डा.अधिकारीको गजल ‘जिउने चाहना’मा केकी

बिहीबार, ०५ माघ २०७९, ०८ : ०७
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । डा. रमिल अधिकारीको शब्द तथा गायक थानेश्वर गौतमको स्वर र सङ्गीत रहेको गजल गीत ‘जिउने चाहना’ सार्वजनिक भएको छ । गीतकार अधिकारीको जन्मदिन पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा गीतकार डा. अधिकारी र अभिनेत्री केकी अधिकारी अभिनय देख्न सकिन्छ । 

एक प्रेमीले जोडीबिचको प्रेम र विरहको कथा भिडियोले देखाएको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकाश दाहालको सम्पादन छ । 

गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । गीतकार डा. अधिकारी अहिले न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहकारको रूपमा कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप