आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भाइरल बन्दै गायक तिलकसिंह पेलाको गजल ‘के लत बस्यो’

बिहीबार, ०५ माघ २०७९, ०९ : ०४
बिहीबार, ०५ माघ २०७९

के लत बस्यो मलाई कहिले सुधार हुन्छ ?
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छ यो गजल गीत । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक लगायत सबै तिर प्राथमिकतामा परिरहेको गीत शास्त्रीय सङ्गीतमा तयार छ । ६ दिन अगाडि तिलकसिंह पेला नामक युट्युब च्यानलबाट अपलोड भएको गजलले समाचार तयार गर्दासम्म ७ लाख बढी भ्युज पाइसकेको छ । गजलका गायक हुन् तिलकसिंह पेला ।

छोटो समयमा लाखौं मानिसको मन जित्न सफल गजलको भिडियो पनि बनेको छ । तर भिडियो कुनै तडकभडक तरिकाले, महँगा मोडल राखेर आकर्षक लोकेसनमा छायाङ्कन भएका छैनन् । भिडियो तैपनि गीतको भ्युज युट्युबमा हरेक क्षेत्र बढ्दो छ । भिडियोमा गायक पेला स्टुडियोको गायक अगाडि उभिएर मात्र गजल गाएका छन् ।

गजलले भिउज पाएको मात्र होइन, शब्द र गायन पेलाको गायन शैलीलाई समेत सबैले तारिफ गरेका छन् । लोक, आधुनिक लगायत संगीतको बचश्र्व रहेको वर्तमान समयमा शास्त्रीय सङ्गीतमा तयार यो गजलले पाएको चर्चा देख्दा साङ्गीतिक क्षेत्रमा सबै चकित छन् । गीतको शब्द डा. प्रदीपकुमार मैनालीले कोरेका हुन्, भने सङ्गीत गायक पेलाकै  छ ।

साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ

पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?

खोला नदी समुन्द्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

गजलको स्थायी मात्र होइन, सबै अन्तरामा समेत शब्द राम्रा छन् । गजलले निकै मार्मिक तथा जिवन्त भन्दै चारैतिरबाट  तारिफ पाइरहेको छ । गजलका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेल हुन् । 

सुदूरपश्चिमको बैतडीको दशरथचन्द नगरपालिकामा गायक पेलाको यो गीत सृजना, गायन र सङ्गीतमा भन्दा म्युजिक भिडियो र तडकभडक विश्वास गर्नेलाई गतिलो झापड पनि हो । गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप