आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो लाभांश

बिहीबार, ०५ माघ २०७९, १० : २१
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशतका दरले लाभांस घोषणा गरेको हो ।

कम्पनीको १६५औं सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको हो । लघुवित्तले आफ्ना लगानीकर्तालाई ६ करोड ६३ लाख १० हजार ७१९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै, ४ करोड ४२ लाख ७ हजार १४६रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्नेछ ।

लघुवित्तले कूल ११ करोड ५ लाख १७ हजार ८६५ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले गरेको यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप