आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिहीबार, ०५ माघ २०७९, १० : ५९
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । आजको मूल्यसूची तोक्दै महासंघले हिजोकै मूल्यमा आज सुनको कारोबार हुने जानकारी दिएको हो ।
यसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

पछिल्लो समय निरन्तर बढेर तोलामा १ लाख ५ हजार २०० रुपैयाँसम्म पुुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घट्दै आजको मूल्यमा आइपुुगेको हो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । हिजो बुधबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १३ सय ५५ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप