आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

एकीकृत समाजवादीले सभामुखमा न्यौपानेको पक्षमा माग्यो मत

बिहीबार, ०५ माघ २०७९, १३ : ३७
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।  सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको सो पार्टीले जनाएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सो पार्टीका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् ।  ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु’, पाण्डेले न्यौपानेको पक्षमा मत माग्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप