आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा समर्थन जुटाउन प्रयास आजैदेखि गर्छौ : प्रदीप पौडेल

बिहीबार, ०५ माघ २०७९, १५ : ४५
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन् । बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग उनले निर्वाचनमा गइसकेपछि समर्थन लिने कोसिस हुने कुरा स्वाभाविक भएको बताए ।

‘अहिले एउटा घोषित गठबन्धन एउटा ढंगको भइरहेको छ । त्यो गठबन्धन कायम रहिरहेको अवस्थामा हामीले हाम्रा उम्मेदवारलाई जिताउने अवस्था नहुन सक्छ । हामीले नयाँ सिराबाट समर्थन खोज्न प्रयास गर्ने कुरा स्वाभाविक हो ,’ उनले भने ।

तर नयाँ समर्थन प्राप्त गर्ने सुनिश्चित भई  नसकेको पौडलेको भनाइ छ । ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन । तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाही आजैदेखि गर्छौ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप