राजनीति
निष्पक्षताकासाथ सभा सञ्चालन गर्छु : सभामुख घिमिरे
बिहीबार, ०५ माघ २०७९, १६ : ०६
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षताका साथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सभामुख पदमा निर्वाचित भएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको छ, यो अभ्यासबाट निर्वाचित भइएको छ । अव सभामुखको भूमिका ठिक ढंगबाट निर्वाह गरेर जान्छु, निष्पक्षताका साथ सभा सञ्चालन गर्छु’, सभामुख घिमिरेको भनाइ छ । उनले प्रक्रिया विधि र पद्धतिबाट असमझदारीहरुलाई निष्कर्षमा पुर्याइने समेत बताए ।