आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ हुनुपर्थ्यो : रामहरि खतिवडा

बिहीबार, ०५ माघ २०७९, १६ : ११
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ नभएकोमा गुनासो गरेका छन् । प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।

बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट  रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् । तर गृहमन्त्रीले पक्राउन गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने ?’

अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए । संसद्मा गृहमन्त्री रवि लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

‘विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ,’ उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप