जसपा चाँडै सरकारमा आउँछ : सचिव भट्टराई
बिहीबार, ०५ माघ २०७९, १६ : २९
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताएका हुन् । उनले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राख्नुभएको छ त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताए ।
उनले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालेले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताए ।