समाचार
क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान लखनउ डाइभर्ट
शुक्रबार, ०६ माघ २०७९, १० : २२
काठमाडौँ । मलेशियाको क्लालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले रातोपाटीलाई बताए ।
यसैबीच बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।