आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बार्सिलोना र रियल क्वाटरफाइनलमा

शुक्रबार, ०६ माघ २०७९, ११ : ४८
शुक्रबार, ०६ माघ २०७९

एजेन्सी । बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले एडी केउटालाई ५–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

बार्सिलोनालाई जित दिलाउन रोबेर्टाे लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै राफिन्हा, अन्सु फाती र फ्रान्क केसियाले एक–एक गोल गरे ।

शुक्रबार राति नै भएको अर्काे खेलमा भियारियललाई हराउँदै रियल  क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले भियारियलमाथि ३–२ गोलको जित निकालेको हो । रियलको जितमा भिनिसिउस जुनियर, इडर मिलिटो र ड्यानी काभालोसले एक–एक गोल गरे । यता भियारियलका लागि टिने कापोउ, समुयल चुकोउजले एक–एक गोल गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप