आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउँछु : सभामुख घिमिरे

शुक्रबार, ०६ माघ २०७९, १४ : ३५
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् । 

शुक्रवार सभामुखको पद तथा गोपनीयताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताए । उनले संसद्लाई प्रभावकारी ढंगले अगाडी बढाउने बताए । 

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप