आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उत्कृष्ट फोटो खिच्ने सैनिक युनिट र गैरसैनिक पुरस्कृत

शुक्रबार, ०६ माघ २०७९, १६ : ३९
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ। नेपाली सेनाले सेना दिवसको अवसरमा उत्कृष्ट फोटो खिच्ने युनिट र गैरसैनिकलाई पुरस्कृत गरेको छ । फोटो प्रतियोगितामा सेनाको नम्बर–१४ बाहिनी अड्डा प्रथम भएको छ ।  २६० औं सेना दिवशको अवसरमा आयोजित फोटो प्रतियोगितामा विकास निर्माण निर्देशनालय दोस्रो र दुर्गाबक्स गणले तेस्रो स्थान हाँसिल गरेका छन् । 

गैह्रसैनिक तर्फ संजोग बुढाथोकी प्रथम र फोटो पत्रकार वर्षा शाह द्धितिय भएकी छिन् । राष्ट्रिय समाचार समितिमा कार्यरत फोटो पत्रकार रत्न कृष्ण श्रेष्ठले पनि उत्कृष्ट फोटो पत्रकारको पुरस्कार पाएका छन् ।  प्राविधिक सुवेदार राजेश केसीले लिएको फोटो वर्षको उत्कृष्ट फोटोमा छनोट भएको छ । शुक्रवार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र बलाधिकृत रथी सरोजप्रताप राणाले फोटो प्रतियोगितामा उत्कृष्ट भएकालाई पुरस्कार प्रदान गरे ।

army-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप