आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा फौजी किरा र गभारोले मकै किसान आजित

मकै उत्पादनमा धान भन्दा धेरै खर्चिलो हुन्छ : कृषक
शनिबार, ०७ माघ २०७९, १० : ५५
शनिबार, ०७ माघ २०७९

बारा । बारा जितपुरसीमरा १५ नयाँवस्तीकी सुभद्रा नेपालले ५ कट्ठामा लगाएको मकै यस पटक खेतमै सुकेर पहेलै भएको छ । पहिला पानी लगाएपछि बोटै मर्ला जस्तै भयो, पछि गभारो र फौजी किराले लागेर बोट नै सखापै पारेको छ । ‘वर्षेनी मकैमा यस्तो समस्या हुन्छ तर, बोटै मरेको थाहा थिएन, यस पटक पानी लगाएपछि बोटै मरेर गयो’  कृषक सुभद्रा नेपालले भनिन् ‘आफ्नो जग्गा छ बाँझो के राख्नु भनेर मात्रै हो आम्दानीको हिसाबले हेर्ने हो भने खेत बाँझो राख्दा हुन्छ, खेती गरेर केही फाइदा छैन, दुख मात्रै हो ।’

कृषक नेपालले बजारमा प्रतिकिलो ७ सय देखि हजार रुपियाँसम्म पर्ने ९०८१ जातको मकै लगाएकी हुन् । कार्त्तिक दोस्रो साता छरेको मकै जमिनदेखि १ हात पनि माथि उठेको छैन । छ कट्ठा खेतको मकैको लागि ४ हजारको त औषधी नै हालिसकेको उनी बत्ताउँछिन्  । राम्रो उत्पादन देखा भनेर मंह्रगोमा बिउ किनेर लगाएको मकै उम्रनासाथ गभारो र फौजी किराले बोट पुरै आएर पहेँलो बनाएको छ ।

सुभद्रा नेपाल जस्तै  सोही वडाका चेतबहादुर श्रेष्ठले पनि  १५ कट्ठा खेतमा लगाएको मकैमा पात डढ्ने, किरा लाग्ने र बोटै सुक्ने समस्या देखिएको छ । ‘किराको दवाईहरू हालियो तैपनि भएन बोट सुकिरहेको छ’ श्रेष्ठले भने ‘अहिले धानमा भन्दा ज्यादा खर्च छ मकैमा छ, किराको दबाई ५ पटक हाल्नुपर्‍यो, डिएसपी, युरिया मल हाल्नुपर्‍यो, जोताई पनि धेरै महँगो छ, हजार रुपियाँ किलो बिउ ल्याएर रोप्यो यस्तो हुन्छ’

प्रतिकिलो ७ सय देखि हजार रुपियाँको बिउ, पटक पटक किरा मार्ने, दबाई, युरिया, डिएसपी,गोबर मल, मकै लगाउनुपुर्वको खेत जोताई, बेला बेलामा गोडमेलले मकै उत्पादन धान भन्दा पनि धेरै खर्चिलो र मंहगो भएको  कृषकहरूको गुनासो छ ।

गभारो र फौजी किराले मकैको भित्रीमा बसेर कलिलो पात खाईदिदाँ बोट पुरै सुक्ने समस्या देखिएको छ । जितपुरसीमरा वडा नं १२ फत्तेपुरकी कृषक निर्मला चौधरीले वर्षेनी मकै बालीमा धेरै किसिमको रोग र किराहरुले लागेर समस्या भएको बताएकी छिन् । ‘माटोका परीक्षण पनि भएको छैन, धेरै किसिमको किरा आउँछ, ४÷५ पटक त औषधी नै हाल्नुपर्छ’ चौधरीले भनिन् । पछिल्लो समय चिसो र शितलहरका कारण पनि मकै बाली फस्टाउन नसकेको  कृषकहरूले बताएका छन् ।

मकैबालीमा गभारो र फौजी किराले सताएको भन्दै कृषकहरूले गुनासो गरेपछि शुक्रबार जितपुरसीमरा उपमहानगर वडा नं १५ को वडा कार्यालयले ‘मकै बाली उपचार शिविर’ सञ्चालन  गरेको छ । शिविरमा कृषकहरूलाई ३ देखि ५ कट्ठासम्म खेतको लागि निःशुल्क गभारो र फौजी किराको औषधी समेत वितरण गरिएको हो ।

उपमहानगरका कृषि प्राविधिक धिरज पौडेलले अनुसन्धानको क्रममा मकैमा अमेरिकन फौजी किरा, गभारो, डढुवाको प्रकोप र नाइट्रोजनको मात्रा बढी हुँदा मकै बालीमा देखिएको बताए ।

gavaro3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप