आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

संसद प्रतिपक्षको हो भन्ने मान्यतामा सचेत छु : सभामुख घिमिरे

शनिबार, ०७ माघ २०७९, १३ : ४७
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने बेलायती सिद्धान्तलाई अभ्यास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचित भएपछि शनिवार पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताएका छन् । 

उनले भने– ‘संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्ष दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसदमा उसले तदअनुरुपको अवसर पाउनुपर्ने भएकोले बेलायतको संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्छ भन्ने कुरामा पनि म सचेत रहेको छु ।’

उनले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप