आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा

शनिबार, ०७ माघ २०७९, १४ : २७
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । माओवादी केन्द्रका सांसद नारायणी शर्माले यो सदनले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा विगतका अनुभवले केही अशंका भइरहेको बताएकी छन् । उनले त्यो आशङ्कालाई हटाउनका लागि कानुन र नीति निर्माण गरेर निवारण गर्नुपर्नेमा जोड दिएकी हुन् ।

इन्दिरा रानाको समर्थन रहेकी शर्माले शनिवार संसद्मा बोल्दै उपसभामुख चयन लोकतान्त्रिक प्रक्रियाबाट भइरहेकोमा खुसी व्यक्त गरिन् । इन्दिरा रानाले सामाजिक क्षेत्रमा जसरी आफ्नो भूमिका निर्वाह गर्नुभयो, त्यो कारणले पनि उनी असर नेतृत्वकर्ता हुनेमा आफूलाई विश्वास लागेको बताइन् ।

यतिबेला एउटा मधेसी चेली र एउटा जनजाति चेली उपसभामुखका लागि उभिनु भएको छ, त्यसले सदनको गौरवलाई झन् उच्च बनाएको छ, उनले भनिन्, ‘यो सदनको एउटा गौरवको रूपमा इन्दिराले अगाडि बढाउनु हुन्छ भने विश्वास लागेको छ ।’ उनले इन्दिरालाई उपसभामुखमा चयन गर्न मतदान गर्न सबैलाई आग्रह पनि गरिन् । यसअघि चित्रलेखा यादव सडकबाट सभामुख चलाएको पनि सांसद शर्माले सम्झिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप