चौबिस घण्टामा २२ वटा आगलागीका घटना, २ जनाको मृत्यु
शनिबार, ०७ माघ २०७९, २० : २५
काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २२ वटा आगलागीका घटना भएका छन् । आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १४ वटा जिल्लामा भएको आगलागीका घटनामा परेर २४ वटा चौपायाको समेत मृत्यु भएको छ भने लाखौ बराबरको धनमाल नोक्सानी भएको छ ।