आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

आइतबार, ०८ माघ २०७९, १० : ४५
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।

पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्य आज भने घटेको हो । विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप