रास्वपाको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन
आइतबार, ०८ माघ २०७९, २० : २२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् ।
पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेकाे हो ।
श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिकतर्फका सांसद हुन् ।
रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् ।