आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायली स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त

आइतबार, ०८ माघ २०७९, २० : ५४
आइतबार, ०८ माघ २०७९

जेरुसेलम । इजरायली स्वास्थ्यमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार बेन्जामिन नेतन्याहूले उनलाई पदबाट बर्खास्त गरेका छन् । 

सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो ।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, “भारी मन अर्थात् दुःख र अत्यन्त कठिन भावनाका साथ म तपाईंलाई मन्त्रीबाट हटाउन बाध्य भएको छु ।”

इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टी (शास) का नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो । 

न्यायाधीशहरूले डेरीले हल्का सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन् ।

वरिष्ठ राजनीतिज्ञलाई एक लाख ८० हजार शेकेल (करिब ५० हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो र उनले आफ्नो संसदीय सीट त्यागेका थियो तर नोभेम्बरको चुनावमा उनले फेरि प्रतिस्पर्धा गरेका थिए । 

संसद्ले गत महिना अपराधमा दोषी ठहरिएका तर हिरासतमा नरहेका कुनै पनि व्यक्तिलाई मन्त्रीको रूपमा काम गर्न अनुमति दिने कानुन पारित गरेका थिए ।  (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप