आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि र प्रदेश सभाबीच अनुभव आदानप्रदान हुनुपर्छ : सभामुख घिमिरे

सोमबार, ०९ माघ २०७९, १६ : ५२
सोमबार, ०९ माघ २०७९

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका छन् । 

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताएका हुन् । 

उनले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अपm्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ती कुराहरूको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताए ।   उनले ऐन कानुनहरू ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताए ।   कुनैपनि कानुनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उनले बताए ।  

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गरे । उनले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताए ।  । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उनको भनाई छ ।

सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गरे । उनले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताए । संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताए । उनले विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गरे ।  

बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताए । उनले प्रदेशमा बन्न बाँकी रहेका कानुनहरू बनाउनका लागि संघले पनि घच्घचाउनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप