आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो एओजी नाइट राइड सम्पन्न

सोमबार, ०९ माघ २०७९, १८ : ३६
सोमबार, ०९ माघ २०७९

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको आयोजना गरेको छ ।

३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए । उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे ।

चित्लाङको श्री कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरे । युटुबर ‘जानकारी केन्द’्र तथा मोटो भ्लगरहरु ‘बाइकअल्साइक’ र ‘टुइनस्—राइडर’हरु कार्यत्रममा उपस्थिति थिए ।  

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप