आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

मङ्गलबार, १० माघ २०७९, ११ : ३१
मङ्गलबार, १० माघ २०७९

काठमाडौं । सूर्य नेपालले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद्, व्यवस्थापन तालिम शिक्षालयमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । उक्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागि उपयोगी हुने कम्पनीको विश्वास छ ।

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालयका प्रमुख एएसपी अन्जनी कुमार पोख्रेललाई कम्पनीका ररवि केसी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप