आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पा–गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने

मङ्गलबार, १० माघ २०७९, ११ : ४३
मङ्गलबार, १० माघ २०७९

पाल्पा । सडक विस्तार हुने भएपछि पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ ।  तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।

उक्त सडक क्षेत्रमा बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ । यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।
एक महिनामा तोकिएको सडक चौडा तथा मर्मत कार्य सम्पन्न हुने निरौलाले बताए । ठेकेदारले तोकिएको समयमा काम सम्पन्न गर्नुपर्ने छ । यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप