संसदमा बोल्न दिइएको समयबारे सिके राउतको आपत्ति
मङ्गलबार, १० माघ २०७९, १९ : ४०
काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले बोल्न दिइएको समयबारे आपत्ति जनाएका छन् । ठूला दलका सांसदलाई बढी समय र साना दलका सांसदलाई कम समय बोल्न दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
‘संसदमा धन्यवाद दिनका लागि नै कसैलाई ९० मिनेट र कसैलाई ५ मिनेट समय छुट्याउनु कसरी उपयुक्त हो ?,’ उनले भने, ‘एउटै क्रियाको लागि फरक समय ? त्यसो भए ९० सिट ल्याएको पार्टीको सांसदलाई चिया वा बाथरुम जान पनि ९० मिनेट र एक सिट भएको पार्टी वा स्वतन्त्र सांसदलाई १ मिनेट छुट्याउनुपर्ने हो।’