डा. त्रिशालाको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक
बुधबार, ११ माघ २०७९, १२ : ४७
काठमाडौंँ । गायिका डा. त्रिशाला गुरुङको स्वर रहेको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक भएको छ । दीप चाम्लिङको शब्द तथा महेश खड्काको संगीत गीतमा छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा अभिनेत्री मलिका महत र कुन्साङ बोम्जोनको अभिनय छ । भिडियोमा मुस्ताङ्गका एकजोडी युवा युवतीको प्रेमकथा देखाउन खोजिएको छ । माथिल्लो मुस्ताङमै छायांकन भएको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।