बोतल र जर्किनमा पेट्रोल बेचे कारबाही गर्छौँ : आयल निगम
काठमाडौं । नेपाल आयल निगमले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल पम्पहरूलाई बोतल र जर्किनमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बेचेको पाएमा कारबाही हुने चेतावनी दिएको हो ।
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी, भौतिक तथा मानवीय क्षति हुने भएकाले खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो । मंगलबार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
३६ वर्षीय आचार्यले संसद् भवन अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि निगमले सूचना जारी गरेको हो । यसअघि प्रहरीले पनि सूचना जारी गर्दै खुल्लमखुल्लापेट्रोलियमपदार्थ बिक्रीवितरण नगर्न भनेको थियो ।