आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलाको १ लाख ७ हजार नजिक, चाँदी कति पुग्यो ?

बिहीबार, १२ माघ २०७९, १२ : २६
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । लगातार उकालो लागेको सुनको भाउ बिहीबार प्रतितोला १ लाख ७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा थप ७ सय रुपैयाँले बढ्दै १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप १५ रुपैयाँले वृद्धि हुँदै आज १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप