आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

बिहीबार, १२ माघ २०७९, १३ : १०
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी थप्ने तयारी गरेको छ । बिहिबार बोलाइएको स्थायी समिति बैठकमा पदाधिकारी थप्ने प्रस्ताव लैजान लागेको एक माओवादी नेताले जानकारी दिए । उनका अनुसार आजको बैठकमा तत्कालीन सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाउनेगरी प्रस्ताव लैजान लागिएको छ । तर हालको २१ सदस्यीय पदाधिकारीमा कति जना थप्ने भन्नेबारे छलफलपछिमात्रै थाहा हुने ती नेताको भनाइ छ ।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो । महासचिव देव गुरुङले भने पदाधिकारी थप्ने नथप्ने बैठकपछि नै थाहा हुने प्रतिक्रिया दिए ।  ‘आज बैठक बस्दैछ । बसेपछि नै सवै कुरा थाहा होला । अहिले बाहिर भन्ने कुरा भएन’, महासचिव गुरुङको भनाइ छ ।  माओवादीमा हाल २१ सदस्यीय पदाधिकारी कमिटी छ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष एक एक जना छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप