सेभेन थ्री स्पोर्ट्सलाई पुरस्कारका लागि मेल गरिरहेका छौं : कार्यवाहक सचिव मल्ल
बिहीबार, १२ माघ २०७९, १५ : ११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आफूहरू सेभेन थ्री स्पोर्ट्सलाई पुरस्कार राशिको लागि मेल गरिरहेको बताएका छन् ।
उनले सेभेन थ्री स्पोर्ट्सले पैसा नदिए कानुनी उपचारमा जाने बताएका हुन् । त्यसको लागि आफूहरू जुनसुकै निकाय पनि जान तयार रहेको उनले बताएका छन् ।
उनले पुरस्कार दिने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सको रहेको तर उनीहरू टाडा भएको बताए ।