आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कपको विजेताले १० लाख पाउने, ८ टोलीले सहभागिता जनाउने

शुक्रबार, १३ माघ २०७९, १६ : १४
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप विजेताले १० लाख पाउने भएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको विजेताले १० लाख पाउने र उप विजेताले ५ लाख पाउने जनाएको छ ।  प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी टोलीको घोषणा पछि गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्।

पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप