गजल
मनको दर्द बिर्साउने त मातै रहेछ
शनिबार, १४ माघ २०७९, ११ : ४६
बिहानी भयो भन्दा भन्दै रातै रहेछ
परिवार भन्दा ठूलो धनको छातै रहेछ
काटी कुटी पट्याउदैछु म फ्याँक्ने कागज
जीवनको किताब जोगाउने त खातै रहेछ
जति सेवा गरे पनि बालुवामा पानी
माया भन्ने त यहाँ चिप्लो बातै रहेछ
सुनैको बुट्टे थालमा खाउ कि टपरीमा
भोकाउँदा एक पेट भर्ने त भातै रहेछ
नपिउ भन कि, कलेजो नै जल्छ भन
मनको दर्द बिर्साउने त मातै रहेछ ।