काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता
सोमबार, १६ माघ २०७९, १९ : १०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर साहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।
सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर साहले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।
मेयर साहले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगरपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।
सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।-न्युज कारखाना