आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा विवाह समारोह भइरहेका बेला आगलागी, १४ जनाको मृत्यु

बुधबार, १८ माघ २०७९, १२ : १९
बुधबार, १८ माघ २०७९

नयाँदिल्ली । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् ।

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप