आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेमप्रसादका परिवारलाई रोजगारी र निःशुल्क शिक्षा दिने मोहन बस्नेतको घोषणा

बुधबार, १८ माघ २०७९, १६ : ४२
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेर ज्यान गुमाएका इलामका प्रेमप्रसाद  आचार्यका श्रीमतीलाई रोजगारी र छोरीहरुलाई निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले  आचार्यले राज्य सञ्चालकलाई चुनौती दिँदै आत्मदाह गरेको बताए । 

उनकी श्रीमती नानुका  आचार्यलाई रोजगारीको व्यवस्था गर्ने, १२ वर्षकी र ६ वर्षकी छोरीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने जानकारी गराए । 

उनले स्नातक तहसम्म निजी स्कुलमा राखेर निःशुल्क शिक्षा दिने घोषणा गरेका छन् । 

आर्चाय परिवार अहिले काजक्रियाका लागि इलाम रहेको र उताबाट काठमाडौं फर्किएर आएपछि रोजगारी र शिक्षाको व्यवस्था गर्ने बताएका छन् । 

उनले आफूले जुरे पहिरोमा बाँच्न सफल एकजना बालिकालाई नर्स पढाउनका लागि हालसम्म १२ सम्म पठाएको र अब नर्सिङ पढाउने क्रममा रहेको बताए । उनले महानगरपालिकाले मकै पोल्ने गाढा खोसिएका पीडितलाई सहयोग गरेको बताए । 

उनले आत्मदाह गरेका  आचार्यले भनेका कुराहरुलाई राज्यले गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप