अपराध
कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत पक्राउ
बुधबार, १८ माघ २०७९, २० : ०२
काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् । उनिहरुबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको एसपी रेग्मीले जानकारी दिए । सो बैंकको मुख्य कार्यालय दमकमा छ ।