आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक : अध्यक्ष गोल्यान

बिहीबार, १९ माघ २०७९, १४ : ३३
बिहीबार, १९ माघ २०७९

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । 

बुधवार आर्थिक मिडिया सञ्चाल संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए ।   

उनले राष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेशल व्यवस्था गर्दा पैसा आउनसक्ने बताए । उनले उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिङ्गल अंकमा ल्याउन आवश्यक रहेको बताए । उनले उत्पादनशिल क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताए ।   

अध्यक्ष गोल्यानले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा उत्पादन र अनुत्पादित क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याएपनि कार्यान्वयन नभएको भन्दै पुनःत्यस्तो नीति ल्याउन आवश्यक रहेको बताए । उनले उत्पादनशील क्षेत्रको लागि एकल अंक भन्दा ब्याज बढ्न नहुने बताए । उनले बैंकको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरुले धान्नसक्ने अवस्था आएको बताए ।  

अध्यक्ष गोल्यानले पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्ने भएको बताए । उनले सरकारले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिबन्ध गर्न आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप