हेमन्तको ‘पिरती’मा चाहाना र नीशा
शुक्रबार, २० माघ २०७९, १२ : ०६
काठमाडौँ । गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘पिरती’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा सङ्गीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज छ ।
गीतको भिडियोमा हेमन्त, विजय पुन, नीशा मगर र चाहाना मगरको अभिनय छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाङ्कन भएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमश्रृखला समेत देख्न सकिन्छ ।
प्रेममा रमाएका दुई जोडीको रोमान्टिक प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । भिडियोका निर्देशक मौसम हिमाली हुन् । नवीन घर्तीमगरको सम्पादन, पवन सुसलिङको छायाङ्कन रहेको भिडियो गायक रसाइलीको आधिकारिक युट्युबबाट ल्याइएको हो ।