आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

शून्य समयमा सांसदको प्रश्न : ‘संसद्‍मा बोलेका कुरा किन कार्यान्वयन हुँदैन’

आइतबार, २२ माघ २०७९, १३ : ५४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । सांसद देवप्रसाद तिमिल्सिनाले संसदमा बोलेको कुरा कार्यान्वयन नहुने अवस्था रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तिमिल्सिनाले संसदमा अहिले दोश्रो कार्यकाल रहेको उल्लेख गर्दै संसदमा उठाएको कुरा कार्यान्वयन नहुने अवस्था रहेको बताए । 

उनले भने– ‘संसदमा धेरैपटक उठाएका कुराहरु कुनैपनि कार्यान्वयन भएन । मलखाद नपाएर किसानहरु धेरै पीडित छन् । नेपालमा किसानलाई ७ लाख मेट्रिक टन मलखाद चाहिने छ भने ३ लाख मेट्रिक टन किनेर किसानलाई सरकारले दिन सकेन । किसानलाई चाहिने मलखाद किन्न नसक्ने सरकारले अरुलाई के गर्न सक्छ ? भनेर धेरै जनगुनासो आइरहेको हुनाले सभामुखले यस्तो संवेदनशील कुरालाई रुलिङ गरेर किसानलाई मलखादको व्यवस्था यथाशीघ्र गर्नुपर्यो ।’ उनले बनिरहेको दुर्तमार्ग, राजमार्ग निर्माणको काम छिटो सक्नका लागि निर्देशन दिनपनि माग गरे ।

यस्तै शून्य सयममा बोल्दै सांसद तेजुलाल चौधरीले अधिकार, पहिचान र भूगोलमाथिको अधिकारका लागि भइरहेको थारु आन्दोलनमा सरकारले किन दमन गरिरहेको भन्दै प्रश्न गरे । उनले कुनै दलले ५० औं जना चढेको बस बमले उढाएको भन्दै त्यो भन्दा टिकापुरको घटना ठूलो हो र ?  भन्दै प्रश्न गरे ।  यस्तै सांसद दामोदर पौडेलले पोखराको फेवातालको सिमाङ्कन सकिएर सिमाङ्कनको प्रतिबेदन बुझाइसकिएको र त्यहाँ रहेका धेरै उद्योगी व्यवसायीहरु साना किसानहरुको जग्गा अधिग्रहणको सिमाङ्कन बाहिर परेको भनेर फुकुवा नुहँदा धेरै समस्या परेको बताएका छन् । उनले फेवातालको बारेमा बनेको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझैसम्म उढान हुन नसकेको बताउँदै रुटपनि नलिएको सुन्नमा आएको भन्दै त्यसबारेमा ध्यान दिन सरकारलाई आग्रह गरे । 

सांसद दुर्गा राईले भोजपुर षडानन्द गाउँपालिका सानो इर्खुवा खोलामास्थानीय जनतासँग स्वीकृति नलिई जलविद्युत आयोजना बनाउन थालिएको बताउँदै आयोजनाको सुरुङ खन्दा बस्ति नै जोखिममा पर्न लागेको जानकारी गराइन् ।  सुरुङ खनेको ठाउँभन्दा माथि घर चर्किने, जमिन भासिने जस्ता समस्या देखिन लागेको बताइन् । साथैका पानीको मुहान समेत सुक्न लागेको र हाइड्रोपावर कम्पनीले मनोमानी ढंगले काम गरेका कारण स्थानीय समस्यामा परेको सुनाइन् । 

सांसद धवलशमशेर राणाले नेपालगञ्जमा नाथम भन्ने संस्थाका लागि १० करोड बराबरको जग्गा दिएकोमा त्यो फिर्ता हुन लागेकोले त्यसलाई रोक्न माग गरे । सो संस्थाले राम्रो काम गरेको भन्दै त्यसका लागि बजेट दिने बताएको उल्लेख गरे ।  उनले नेपालगञ्ज देहारादुन, नेपालगञ्च चण्डी फ्लाइट हुन लागेको र त्यसका लागि भारतीय पक्षपनि तयार देखिएको उल्लेख गर्दै सो फ्लाइट सञ्चालन गरे ३ वटा प्रदेशको कायापलट हुने उल्लेख गरे । कर्णाली, सुदुरपश्चिम र लुम्बनी प्रदेशको कायापल हुने दावी समेत गरे ।  साथै उनले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारालाई निर्वाचन आयोगले लगाएको जरिवाना फिर्ता गर्नपनि उनले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप