आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक संसद‍्मा पेश गर्न सांसद पौडेलको माग

आइतबार, २२ माघ २०७९, १५ : ५५
आइतबार, २२ माघ २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भीर विषय भएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद पौडेलले उक्त विधेयक संसद‍्मा ल्याउनु पर्ने बताए । उनले अध्यादेश बनाएर पेश गर्न पनि माग गरेका छन् ।

उनले भने,'हिजो यो विषयमा अध्यादेश बनाएर पेश गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन, यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप